एम्बुलेन्स नपाउँदा रुपन्देहीका कोरोना संक्रमित आइतबारदेखि क्वारेन्टाइनमै

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक पुरुष क्वारेन्टाइनमै अलपत्र परेका छन्। संक्रमितलाई आइसोलेसन अस्पतालमा ल्याउनका लागि सवारी साधन नहुँदा क्वारेन्टाइनमै रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले तयार गरेको यज्ञोदय दूधनाथ थारू बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका ति यूवामा आइतबार संक्रमण देखिएको थियो। यसअघि पनि शुद्धोधन गाउपालिकामा संक्रमितलाई ल्याउनका लागि सवारीसाधन नपाएपछि साइकल र स्कुटर प्रयोग गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले संक्रमितलाई आइसोलेसनमा लैजान कसैले पनि नमान्दा क्वारेन्टाइनमै राखिएको जानकारी दिए।

शुद्धोधन गाउँपालिका ३ का ती २८ बर्षका युवा भारतबाट आएका थिए। आरडीटी परीक्षण गर्दा नेगेटिभ देखिए पनि गाउँपालिकाले पीसीआरका लागि स्वाब संकलन गरी पठाउँदा उनको रिपोर्ट पोजिटिभ आएको थियो।

आइसोलेनमा लैजानका लागि गाडी नपाएको उनले गुनासो गरे। ट्याक्टर खोज्न पठाएको छु उनले भने कोरोना संक्रमितसँग सबै डराए। संक्रमित क्वारेन्टाईमै रहेकाले जोखिम बढेको समेत उनले बताए।

आइसोलेसन अस्पतालमा रहेका एम्बुलेन्सलाई समेत सम्पर्क गर्दा नआएको र गाउँमा पनि कुनै पनि सवारी साधनले नमानेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय