होम क्वारेन्टाइनमा बसेका १ सहित मेचीनगरका २ जनामा कोरोना संक्रमण

झापाको मेचीनगरमा होम क्वारेन्टाइनमा बसेका एकसहित दुई जना पुरुषमा कोेरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालका अनुसार संक्रमण पुष्टि हुनेहरु मेचीनगर ५ र ६ का हुन् ।

मेचीनगर ५ का ३० वर्षीय पुरुष बालकल्याण माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।

अर्का संक्रमितमा मेचीनगर ६ का ३५ वर्षीय पुरुष जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । होमक्वारेन्टाइनमा रहेका व्यक्तिको परिवारमा ६ जना रहेको बताइएको छ ।

बरालका अनुसार परिवारका सदस्यको पीसीआर परीक्षणको तयारी भइरहेको छ । संक्रमति दुबै जनाको असार ३ गते स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ लगिएको छ ।

योसँगै मेचीनगरमा संक्रमितको संख्या ५ पुगेको छ । हिजो कन्काई नगरपालिकामा १ महिला तथा अर्जुनधारा नगरपालिका तीन जनामा संक्रमण पुष्टि भएको थियो । अर्जुनधारामा संक्रमण पुष्टि भएकी २ वर्षीया बालिका र उनकी २२ वर्षीया आमा हुन् ।

उनीहरुसँगै शनिश्चरेमा बसेका गरी तीनै जना भारतबाट आएका व्यक्ति हुन् । योसँगै झापा कोरोना संक्रमितको संख्या १९०पुगेको छ । निको भएर घर फर्कनेको संख्या १२६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय