आइतबार १३०० नेपाली स्वदेश फर्किए

कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा अलपत्र परेका १३०० नेपालीहरू आइतबार विभिन्न देशबाट स्वदेश फर्किएका छन्।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का अनुसार कतार, साउदी, युएई, कुवेत र बंगलादेशबाट नेपालीहरूलाई स्वदेश फर्काइएको हो।

सिसिएमसीका अनुसार रकताबाट नेपाल एयरलाइन्सको जहाजले १४९ जना नेपाली ल्याएको छ। यस्तै, नेपाल एयरलाइन्सको जहाजबाटै साउदी अरबबाट २४६ जना नेपाली स्वदेश फर्किएका छन्।

युएईबाट विभिन्न तीन वटा फ्लाइटमा १५३, १८५ र १५० जना नेपाली आएका छन्। कुवेतबाट १६६ जना र बंगलादेशबाट २५० जना नेपाली स्वदेश फर्किएको सिसिएमसीले जनाएको छ।

स्वदेश फर्किएकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा रहेको होल्डिङ सेन्टरमा लगिएको छ। त्यहाँ उनीहरूको व्यक्तिगत विवरण र स्वास्थ्य परीक्षणको काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय