चितवनका थप ५ जनामा कोरोना पुष्टि

चितवनका थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ। माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा एक जना गरी पाँच जनामा संक्रमण पुष्टि भएको हो।

भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकोमा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जना गरी २१ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा माडी नगरपालिका वडा नम्बर २, ५, ६ र ८ का एक–एक जना नागरिक छन्। उनीहरू ४७, २८, ३४ र ३२ वर्षका पुरुष हुन्।

यसैगरी भरतपुर महानगरपालिकाको वडा नम्बर २८ का २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। योसँगै चितवनमा संक्रमित संख्या ४१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय