विश्वभर एकै दिन थपिए एक लाख ८३ हजार संक्रमित
आइतबार मात्रै विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संठठनका अनुसार यो संक्रमणदर अहिलेसम्मकै उच्च हो।
ब्राजिलमा आइतबार सबैभन्दा धेरै ५४ हजार ७७१ संक्रमित भेटिए। त्यसपछि अमेरिकामा ३६ हजार ६१७ र भारतमा १५ हजार ४०० नयाँ संक्रमित भेटिएका छन्।
योसँगै विश्वभर कूल संक्रमितको संख्या ९० लाख ५० हजारको नजिक पुगेको छ । कूल संक्रमितमध्ये करीब ४८ लाख ३८ हजार जना निको भइसकेका छन्।
कोरोनाबाट मृतक हुनेको संख्या पिन चार लाख ७० हजार ६६५ पुगेको छ।