प्रदेश ५ मा १४४ संक्रमित थपिएसँगै संक्रमित संख्या २४३७ पुग्यो
प्रदेश नं ५मा एकैदिन १ सय ४४ जना कोभिड १९ संक्रमित भेटिएका छन। आइतबार दिउसो ४:३० वजे सम्म महिला २६ र पुरुष १ सय १८ गरी १ सय ४४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए। \
प्रदेश ५मा अहिले सम्म संक्रमितको संख्या २ हजार ४ सय ३७ पुगेको छ। जसमा महिलाको संख्या २ सय ४० रहेको छभने पुरुषको संख्या २ हजार १ सय ९७ रहेको छ।
प्रदेश नं ५मा कोभि १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। आईतवार सवैभन्दा वढि अर्घाखाचीमा संक्रमित भेटिएका छन। उक्त जिल्लामा ६५ जना संक्रमित फेला परेका हुन।
कपिलवस्तुमा २५, प्युठानमा २०, गुल्मीमा ५, नवलपरासीमा २१, रोल्पामा वर्दियामा ३३ जना, बांके र रुपन्देहीमा १÷१ जनामा संक्रमण पुष्टी भएको छ। नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।