दाङमा एक जना स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण

दाङमा एक जना स्वास्थकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २५ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

आइतबार कोरोना परीक्षणका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा कार्यरत रोल्पा नगरपालिका–७ निवासी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन्।

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक जना चिकित्सकसहित ४ जनामा कोरोना संक्रमण देखिएको थियो। चार जनामा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले बन्द गरेको स्वास्थ्य सेवा पुनः सुरुवात गरेको समेत जानकारी दिएको छ।

त्यसैगरी उनका अनुसार घोराही उपमहानगरपालिकामा २ जना, तुलसीपुर उपमहानगरपालिकामा ५ जना र गढवा गाउँपालिका ३ जनामा कोरोना संक्रमण देखिएको निमित्त रजिष्ट्रार देवले जानकारी दिएका छन्। योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ७२ पुगेको छ।

कोरोना संक्रमित हुने घोराही उपमहानगपालिका वडा नम्बर १ र ३ का ३२ र ३४ बर्षीय पुरुषहरू रहेका छन्। त्यसैगरी गढवा गाउँपालिका वडा नम्बर १,२ र ५ का १४,२५ र २५ बर्षीय र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३, १६ र १८ का १९, १६, १९, ३३ र ३९ बर्षीष पुरुष रहेका छन्। संक्रमित मध्य गढवा गाउँपालका १४ बर्षीय एक जना बालक समेत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय