कोरोना संक्रमितको कोठा स्याहार्ने प्रबिना: जसले जोखिमभत्ता माग्दा खप्की सहनुपर्‍यो

 

 

 

 

 

 

 

 

 

 

 

 

बिहान ५ बजे प्रविना खड्‌काको  मोबाइलमा उठ्नका लागि रिङटोन बज्छ। उनी बिहान ६ नबज्दै घरबाट पाटन अस्पताल जान तयार हुन्छिन्।

उनलाई लिन अस्पतालको गाडी गेटछेउ आइपुग्छ। अनि त्यही गाडीमा हुइँक्छिन् कोटेश्वर बस्ने प्रबिना।

अस्पताल पुग्नेबित्तिकै पिपिईलगायतका सुरक्षाका सामग्री लगाउँछिन्। र, खेल्न थाल्छिन् फोहोरको थुप्रोसँग।

त्यो पनि अस्पतालका अन्य वार्ड र जनरल कक्षको होइन। कोरोना भाइरसका संक्रमित रहेको वार्डका।

संक्रमितले प्रयोग गरेका लुगालगायत अन्य सामान अटोक्लिक मेसिनमा ल्याएर राख्छिन्। २५ मिनेट जति मेसिनमा राखेर ती सामग्रीलाई संक्रमणमुक्त गराइन्छ। अरु काम नलाग्ने सामग्री व्यवस्थापनका लागि फोहोर बोक्ने गाडीमा पठाइन्छ।

सुरुमा उनी कोरोना कक्षमा रहेका संक्रमितले खाएका भाडावर्तनको व्यवस्थापन गर्छिन्। उनीहरूले गरेको फोहोर व्यवस्थापनमा लाग्छिन्। कोरोना कक्षलाई सेनिटाइज गरेर टिलिक्क टल्काउँछिन्।

बिरामीले प्रयोग गरेका लुगा, सुईं, खाएका भाडावर्तन ल्याएर उनी फोहोर व्यवस्थापन स्टोरमा राख्छिन् अनि त्यो फोहोर संक्रमणमुक्त गर्न तल्लीन हुन्छिन्।

संक्रमितले प्रयोग गरेका लुगालगायत अन्य सामान अटोक्लिक मेसिनमा ल्याएर राख्छिन्। २५ मिनेट जति मेसिनमा राखेर ती सामग्रीलाई संक्रमणमुक्त गराइन्छ। अरु काम नलाग्ने सामग्री व्यवस्थापनका लागि फोहोर बोक्ने गाडीमा पठाइन्छ।

यसरी उनको दैनिकी चलेको महिनौं भइसक्यो। हुन त प्रबिनाको जीवन जिउने आधार नै यही हो।

फोहोरसँग नखेले उनी र परिवारलाई जीविकोपार्जन गर्न गाह्रो पर्छ। त्यसैले प्रबिना आफ्नो कामलाई सम्मान गर्छिन्। किनकि त्यो उनको जीविकोपार्जन गर्ने आधार हो।

तर, यतिबेला भने उनलाई फोहोर व्यवस्थापन र सरसफाइ गर्न निकै डर लाग्छ। कारण कोरोना संक्रमितको फोहोरसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्छ।

स्थायी घर दोलखा भएकी प्रबिना उक्त अस्पतालमा कार्यरत भएको एक वर्ष पुगिसकेको छ।

उनलाई त्यति काम गर्न भ्याइनभ्याई हुन्छ। बिहान ७ बजेदेखि उनी २ बजेसम्म निरन्तर काममा जुटिरहेकी हुन्छिन्। ‘जोखिम मोलेर नै काम गरिरहेका छौं। घरमा श्रीमान, बालबच्चा छन्। केही गरी संक्रमण सर्यो भने परिवार नै जोखिममा पर्छ कि भन्ने चिन्ता मनमा भइरहन्छ,’ उनले सुनाइन्।

स्वास्थ्यकर्मीलाई संक्रमण भएको खबर सुन्दा पनि उनको मन आत्तिन्छ। मनमनै कामना गर्छिन्, ‘अब कोही संक्रमित भएको समाचार सुन्न नपरोस्।’

मध्यमवर्गीय परिवारकी उनलाई काम नगरे छोराछोरीलाई पढाउने र उनीहरूको भोको पेटलाई कसरी भर्ने भन्ने चिन्ता हुन्छ। बाचबच्चाको सुन्दर भविष्यको कल्पना गर्दै उनी जोखिम मोलेरै भए पनि फोहोर व्यवस्थापनमा रमाइरहेकी छिन्।

त्यहि फोहोरको थुप्रोभित्र खोजिरहेकी हुन्छिन् आफ्ना कलिला नानीहरूको भविष्य। र, मनमनै सोचिरहेकी हुन्छिन्– मेरो नानीबावुले मैले जसरी दुःख र जोखिम भोग्न नपरोस्।

‘सरसफाइ गर्ने कर्मचारीप्रति समाजको दृष्टिकोण फरक हुने भए पनि म भने मेरो कामबाट सन्तुष्ट छु। कामलाई सम्मान गर्छु’, उनले हेल्थपोस्ट नेपालसँग भनिन्, ‘किनकि मेरो परिवारलाई खुसी यही कामले दिइरहेको छ। मेरो परिवारलाई खुसी दिने जोरगारीको म कसरी अपमान गर्न सक्छु।’

मध्यमवर्गीय परिवारकी उनलाई काम नगरे छोराछोरीलाई पढाउने र उनीहरूको भोको पेटलाई कसरी भर्ने भन्ने चिन्ता हुन्छ। बाचबच्चाको सुन्दर भविष्यको कल्पना गर्दै उनी जोखिम मोलेरै भए पनि फोहोर व्यवस्थापनमा रमाइरहेकी छिन्।

लगातार ६ घण्टा पिपिई लगाउँदा कहींबाट शरीर भित्र हावा छिर्न पाउँदैन। उनको शरीर उकुसमुकुस हुन्छ। भन्छिन्, ‘त्यति धेरैबेरसम्म पिपिई लगाउँदा गर्मीले शरीर उसिनेको आलु जस्तै हुन्छ। पसिनाले पानी पानी हुन्छ।’

काम सकिएपछि अस्पतालमा लगाएका लुगा त्यही फुकाल्छिन्। नुहाएर अर्को लुगा फेर्छिन्। र, आफ्नो ब्याग समातेर फटाफट घरतिर लाग्छिन्।

घर फर्किने बेला उनी हिँडेर पुग्छिन्। अस्पतालबाट घर पुग्न एक घण्टा लाग्छ। ६ घण्टा काम गरेर थाकेको शरीर एक घण्टा हिँडेर घर पुग्दा पुरै गलेको हुन्छ। तैपनि उनी घरको सबै काम गर्छिन्। घरमा खाना पकाएर श्रीमान, बालबच्चासँग रमाउँदै खाएर बेडमा पुग्दा रातिको १० बजिसकेको हुन्छ।

थाकेको शरीर बेडमा पुग्नेबित्तिकै निद्राले भुसुक्कै हुने उनले बताइन्। फेरि अर्को बिहानको दैनिकी त्यसरी नै दोहोरिन्छ।

यसरी दुःख गर्दा चैत ५ मा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ कर्मचारीलाई पनि सरकारले स्वास्थ्यकर्मीसरह भत्ता दिने र बिमालगायतको बन्दोबस्त गरिदिने बताएकाले उनी खुसी छन्। भन्छिन्, ‘सरकारले भनेअनुसार काम गरोस्। जसले गर्दा हाम्रो आत्मबल बढ्ने थियो। राष्ट्र हाम्रो अभिभावक रहेछ भन्ने भान हुने थियो।’

कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीसँगै अग्रभागमा रहेर काम गर्ने सफाइ कर्मचारीको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले उचित आत्मसम्मानका कार्यक्रम लागू हुनुपर्ने उनको माग छ। तर, हालसम्म जोखिम भत्ता नपाएको उनको गुनासो छ। जोखिम भत्ताबारे अस्पतालका कर्मचारीसँग बुझ्दा उल्टै खप्की खानुपरेको उनले अनुभव छ।

यति जोखिम मोलेर काम गर्दा उनले मासिक जम्मा १२ हजारमात्र तलब बुझ्छिन्। ज्यान जोखिमै राखेर काम गर्दा सरकार र अस्पताल प्रशासनबाट उचित सम्मान नहुने गरेकोप्रति भने उनको मन कुँडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय