सुदूरपश्चिममा संक्रमितको संख्या हजार नाघ्याे

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टी भएका विरामीको संख्या एक हजार नाघेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको परीक्षणमा सुदूरपश्चिमका ३३ र सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षण्मा ४३ जनामा कोरोनासंक्रमण पुष्टी भएसंगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।

आइतबार सुदूरपशिचमबाट पठाइएका स्वावको काठमाडौं स्थित टेकु प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका १६ (२ महिला र १४ पुरुष) कैलालीका तीन पुरुष, डडेल्धुराका १४ (३ महिला र ११ पुरुष) मा कोरोना पुष्टि भएको छ ।

यसैगरी, धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २९ (६ महिला र २३ पुरुष) कञ्चनपुरका ३  (१ महिला र दुई पुरुष) बाजुराका २ (१ महिला, १ पुरुष)  बैतडीका दुई पुरुष, डोटीका ५  एक महिला ४ पुरुष  र डडेलधुरका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

हाल सम्म सबैभन्दा बढि कैलालीका दुई सय ६१, डडेल्धुराका एक सय ८६, बैतडीका एक सय ४२, डोटीका एक सय ५४, कञ्चनपुरका एक सय, अछामका ७६, बाजुराका ७२, बझाङका २१ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय