न्याम्स फ्याकल्टी डाक्टर्स एसोसिएसन अध्यक्षमा डा. भुपेन्द्र बस्नेत

फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेत निर्वाचित भएका छन्।

एफडीएको न्याम्स वीर अस्पतालको आइतबार भएको भेलाले डाक्टर बस्नेतको अध्यक्षतामा नयाँ कार्यकारी समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा डा. दीपक थापामगर र प्राडा सुधांशु केसी, महासचिवमा डा दिपक दत्त र डा ऋषिकान्त अर्याल, कोषाध्यक्षमा डा सुरेन्द्रलाल श्रेष्ठ, सहकोषाध्यक्षमा डा. समाज गौतम चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा प्राडा हेन्सन खड्का, डा अनिप जोशी, डा सुरेशप्रसाद नेपाल, डा कीर्तिपाल सुवेदी, डा राकेश रोशन स्थापित, डा दिपक मल्ल र डा किशोर कुमार देव चयन भएको एफडीएले जनाएको छ।एफडीएका अनुसार बाँकी एक सदस्य पछि सर्वसहमतिले पारित गरेर राख्ने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय