नेपालमा थप ४२१ जनामा संक्रमण, मृत्यु हुने संख्या २३ पुग्यो

आइतबार थप देशभर ४२१ जनामा कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२१ जनामा कोरोना संक्रमण देखिएको बताए। आइतबार ६४ जना महिला र ३५७ जना पुरुषमा संक्रमण देखिएको हो।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या ९ हजार २६ पुगेको छ।
जसमध्ये ८२० महिला र ८ हजार २६ पुरुषमा संक्रमण पुष्टि भएको छ।

हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ। आज १९४ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।

हालसम्म १ हजार ७ सय ७२ संक्रमण मुक्त भएर घर फकिएका छन । जसमध्ये १४९ जना महिला र १ हजार ६२३ जना पुरुष रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २३ पुगेको छ।

पछिल्लो विवरण अनुसार गुल्मीका छत्रकोट गाउँपालिका ६९ वर्षका पुरुषको असार ५ गते मृत्यु भएको हो । मृतक प्यारालाइसिसका बिरामी भएको मन्त्रालयले जनाएको छ। उनी उपचारको लागि भारत गएको र जेठ २५ गते नेपाल आएका थिए। होम क्वारेन्टिङमा रहँदा असार ५ गते मृत्यु हो।

मन्त्रालयका अनुसार मृत्यु भएको दिनमा नुमना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो।नेपाली सेनाको सहयोगमा शवलाई शनिबार नै व्यवस्थापन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय