झापामा २ वर्षीया बालिकामा कोरोना पुष्टि

झापा पहिलो पटक २ वर्षीया एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे क्वारेन्टाइनमा बसेका एक बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अर्जुनधारा नगरपालिका प्रमुख कार्यकारी अधिकृत पंकक भूर्तेलका अनुसार उनीहरू भारतको बिहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका थिए।

२ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ। संक्रमित महिला २ वर्षीया बालिकाकी आमा हुन्। उनको उमेर २२ वर्ष छ । संक्रमित पुरुषको उमेर २३ रहेको छ।

उनीहरूसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरूको असार ३ गते स्वाब संकलन गरिएको थियो।

झापामा शनिबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका एजना पुरुष रहेको जनाइएको छ।

गौरीगञ्ज गाउँपालिका ५ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमित पुरुष गत जेठ १९ गते भारतको हरियानाबाट आएर खजुरगाँछी माविको क्वारेन्टाइनमा बस्दै आएका थिए।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो। उनलाई उपचारका लागि मोरङको गोठगाउँ पठाइएको छ। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८६ जना पुगेको छ । निको भएर घर फर्कनेको संख्या १२६ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय