आर्ट अफ लिभिङको योगाभ्यास र तनाव कम गर्न अनलाइन परामर्श
आर्ट अफ लिभिङ नेपालले स्वास्थ्यकर्मीहरूका लागि अनलाइन परामर्श गरेको छ।
कोरोना भाइरस महामारीविरुद्ध अग्रभागमा खटिई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याइरहेका स्वास्थ्यकर्मीहरूको प्रतिरोधात्मक क्षमता बढाउन तथा तनाव कम गर्न आर्ट अभ लिभिङले अनलाइन कक्षा सुरु गरेको हो।
महामारी र लकडाउनको विषम परिस्थितिमा पनि उपचारमा खटिरहेका स्वास्थ्यकर्मी (डाक्टर, नर्स, स्वयमसेवक, प्यारामेडिकल, ल्याब तथा अन्य क्षेत्र कर्पोरेट हाउस, बैक तथा वित्तिय संस्थाका प्रतिनिधिको मानसिक शारीरिक तथा भावनात्मक विकासका लागि अनलाइन कक्षाले महत्वपूर्ण योगदान पुर्याउने आर्ट अफ लिभिङ बताएको छ।
२१ जुनदेखि दिनको दुई घण्टाका दरले चार दिनका लागि कक्षा सुरु गरिएकोमा अहिलेसम्म १ सय १५ संस्थाका करिब ३ सय ८० जनाले भाग लिएका छन्।
अनलाइन कक्षामा भाग लिनेमा एसियन डेभलोपमेनट बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, ग्लोबल आइएमइ बैंक, एनएमबि बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, साराइज बैंक आदि रहेको आर्ट अफ लिभिङले बताएको छ।
त्यस्तै शैक्षिक संस्थाहरूमा त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस, शिक्षण अस्पताल, एडभान्स इन्जिनियरिङ्ग कलेज, गिताञ्जली कलेज, काठमाडौं विश्वविद्यालय, काठमाडौं मोडेल कलेज, किस्ट मेडिकल कलेज, लुम्बी मेडिकल कलेज, नेपाल मेडिकल कलेज ह्याम्स अस्पताल, नेपाली सेना नेपाल प्रहरी, सर्वोच्च अदालतका प्रतिनिधि र नेपालका लागि रगत रगतका लागि युवाजस्ता समुहरूले सहभागिता जनाएका थिए।