बाल सुधार गृहमा छाला रोगको उपचार शिविर

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको छ। शिविरबाट छाला रोगबाट ग्रसित ७३ जना बालकले उपचार पाएका छन्।

क्षमताभन्दा बढी बस्नु पर्दा सुधार गृहका बालकहरूमा छाला रोगको संक्रमण फैलिएको थियो। बागेश्वरी टेलिभिजनको आयोजना र स्वास्थ्य पेजको सहकार्य तथा डुडुवा गाउँपालिका र अधिकारकर्मी अधिवक्ता वसन्त गौतमको समन्वयमा शिविर सञ्चालन गरिएको हो।

सुधार गृहमा अहिले १ सय १ जना बालक बस्दै आएका छन्। केहि समय पहिले गरेको अनुगमनबाट बालकहरूमा छालाको समस्या देखिएपछि उक्त पहल थालिएको थियो।

बागेश्वरी टेलिभिजनका अध्यक्ष लक्ष्मी नारायण शाहका अनुसार भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट छाला, कुष्ठ , यौनरोग तथा सौन्दर्य विशेषज्ञ डा. बद्री चापागाईं उनीहरूको जाँच गरेका थिए। साथै शिविरमा निशुल्क औषधी वितरण गरिएको छ।

उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, बाँके प्रहरी प्रमुख ओम बहादुर राना, टेलिभिजनका अध्यक्ष शाह, डुडुवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मोहन मिश्र, नेपालगन्ज वडा नम्बर १३ का अध्यक्ष विरेन्द्र बहादुर शाह, अधिकारकर्मी अधिवक्ता वसन्त गौतम, प्रभात कुमार ठकुरी, सरस्वती मल्ल, जग्गा दाता जेके सिंह, बाल सुधार गृहका प्रमुख बिमला काउचामगरलगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय