गण्डकी प्रदेशमा थप १९ जनामा संक्रमण, संक्रमित संख्या ५२३

गण्डकी प्रदेशमा ५ जिल्लाका १९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १÷१ संक्रमित थपिएका हुन् ।

कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगरका ४० वर्षे पुरुष र अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् ।

स्याङ्जाका संक्रमित ६ जना चापाकोट नगरपालिकाका, २ जना गल्याङ नगरपालिकाका हुन् । बागलुङका संक्रमितमध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाका १÷१ जना छन् ।

नवलपुरका संक्रमित गैंडाकोट नगरपालिका र तनहुँका संक्रमित व्यास नगरपालिकाका हुन् । स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेका सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

आज बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय