भारतबाट आउनेभन्दा जानेको संख्या धेरै

भारतबाट आउने भन्दा प्रदेश-१ बाट भारत फर्किनेको संख्या अधिक छ। बन्दाबन्दीको अवधिमा भारतबाट ११ हजार नेपाल भित्रिएका छन्।

यो अवधिमा १८ हजारभन्दा बढी भारत फर्केका छन्। चैत ११ पछि झापाका विभिन्न नाकाबाट ६ हजार २६५ जना नेपाल प्रवेश गरेका छन्।

प्रदेश – १ मा सबैभन्दा धेरै झापाको काँकडभिट्टा- पानीटयांङकी नाकाबाट मानिस नेपाल आएका हुन्। प्रदेश – १ का विभिन्न नाकाबाट ११ हजार नेपाली स्वदेश फर्किएका छन्।

नेपालबाट १८ हजार तीन सय जना भारत फर्किएको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश- १ प्रहरी कार्यालयका अनुसार इलामबाट ३२२, मोरङबाट २ हजार ६५८ र सुनसरीबाट १ हजार ३१ जना नेपाली भारतबाट नेपाल आएका छन्।

नेपालबाट भारत जानेहरूमा झापाबाट १५ हजार ७१२ र मोरङबाट २ हजार ८८५ जना छन्। झापा, मोरङ र सुनसरीका विभिन्न नाकाबाट मानिस आउनेजाने गरिरहेका छन्।
इलामबाट भारत जानेको संख्या नगन्य छ। झापा, मोरङ र सुनसरी मुख्य चारवटा नाकाबाट नेपालीभन्दा ९ हजार बढी भारतीय घर गएका हुन्।

भारतबाट फर्किनेलाई विभिन्न जिल्लाका पालिकामा निर्माण गरिएका होल्डिङ एरियामा राखेर ज्वरो जाँच गरी सम्बन्धित जिल्ला मार्फत स्थानीय तहमा पठाउने गरिएको छ। तर, उनीहरूको पिसिआर परीक्षण भने गरिँदैन।

भारत जानेको भने कुनै परीक्षण नै नगरी जान दिने गरिएको छ। नेपालमा समूदायमा कोरोना संक्रमण नभएकाले त्यसो गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय