मेचिनगरमा ३२ वेडको आइसोलेट सेन्टर बन्दै

कोरोना संक्रमितलाई अलग्गै राख्न झापाको मेचीनगरमा आइसोलेट सेन्टर निर्माण सुरु भएको छ। संक्रमितको संख्या बढिरहेको बेला पूर्वी नाकामा आइसोलेट सेन्टर निर्माण सुरु भएको हो।

आइसोलेट सेन्टर बनाउन मेचीनगरपालिकालाई तीन महिना अघिदेखि नै स्थानीयले दबाब दिइ रहेका थिए।

मेचीनगर- ११ को धाइजन स्वास्थ्य चौकीको नयाँ भवनलाई आइसोलेट सेन्टरमा रुपान्तरण गरिने निश्चित भएको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए।

‘आइसोलेट सेन्टर बनाउन सुरुवाती दिनदेखि नै हामीलाई तीव्र दवाब छ’, उनले भने, ‘प्राविधिक तहबाट निरीक्षण, अनुगमन गर्ने काम भइसक्यो, अब चाँडै नै सेन्टर बन्छ।’

सेन्टर कोरोना संक्रमित बिरामीलाई उपचार अस्पताल होइन, कुनै लक्षण नदेखिएका तर पिसिआर परीक्षण पोजेटिभ देखिएकालाई अलग्गै राख्ने ठाउँ भएको स्वास्थ्य सम्बद्ध अधिकारीले जनाए।

लक्षण नदेखिएका संक्रमितलाई उपचार गर्नु नपर्ने तर तस्ता संक्रमितलाई अलग्गै राख्नु पर्ने भएकाले आइसोलेट सेन्टर आवश्यक हुने चिकित्सकहरू बताउँछन्।

अहिले संक्रमण पुष्टि भएका अधिकांशमा कुनै लक्षण नदेखिएकाले त्यस्तो केसमा अस्पताल नै लगेर उपचार गर्नु नपर्ने चिकित्सकहरूको राय बमोजिम आइसोलेट सेन्टर बनाउने प्रक्रिया थालिएको प्रमुख अचार्यको भनाई छ।

आइसोलेट सेन्टेरमा बसेकालाई थप उपचार आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्थासमेत गरिने नगर प्रमुख जानकारी दिए।

सेन्टर निर्माण भवनको विश्व स्वास्थ्य संगठनका प्रदेश १ का प्रतिनिधि हरिकृष्ण भट्टराई र प्रदेश सामाजिक विकास मन्त्रालयका नर्सिङ अधिकृत केसु काफ्लेले आइसोलेट सेन्टरको प्राविधिक निरीक्षण समेत गरिसकेका छन्। सेन्टर स्थापनाका लागि धाइजन स्वास्थ्य चौकीको भवन उपयुक्त भएको राय दिएका छन्।

सो आइसोलेट सेन्टरमा ३२ जना राख्न सकिने छ। सेन्टरका लागि आवश्यक बेड, अक्सिजन लगायतका सामग्री आइसकेको छ । काम धमाधम भइ रहेकाले एक / दुई दिन भित्रै संक्रमित राख्न सकिने बताइन्छ।

आइसोलेट सेन्टर स्थापनाका लागि प्रदेश सरकारले मेचीनगर नगरपालिकालाई दश लाख रकम उपलब्ध गराउने समेत निर्णय गरेको छ।

नगर प्रमुख आचार्य, उपप्रमुख, मिना उप्रेती, धुलाबारी स्वास्थ्य केन्द्रका प्रमुख डा. सुधाकर झा, जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाई, दिपक सापकोटा लगायतले निगरानी गर्ने गरी आइसोलेट सेन्टर निर्माण भइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय