रोकिएको स्वाब संकलन आजदेखि पुनः सुरु

सुदूरपश्चिम प्रदेशमा विगत ७ दिनदेखि रोकिएको स्वाब संकलन आजदेखि पुनः सुरु भएको छ।

भिटिएम अभाव हुँदा सेती प्रादेशिक अस्पतालले असार २ गतेदेखि सुदूरपश्चिममा नयाँ स्वाव संकलन हुन सकेको थिएन। शनिबार संघीय सरकारले सेतीका लागि दुई हजार भिटीएम किट उपलब्ध गराएको थियो भने प्रदेश सरकारले एक हजार स्वाब खरिद गरेको थियो।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालबाट मात्रै कोरोना परीक्षण हुँदै आएका कारण सवै भिटिएम सेती अस्पताललाई नै उपलब्ध गराइएको बताए। उनले एक दुई दिनमै पुनः दुई हजार भिटीएम खरिद गर्ने तयारी भइरहेको पनि बताए।

भिटीएम उपलब्ध भएसँगै रोकिएको स्वाब संकलन आजदेखि पुनः सुरु गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनले प्रदेशका ९ वटै जिल्लामा रहेका क्वारेण्टाईनलाई मध्यनजर गरी स्वाव संकल कार्य सुचारु गरिने बताए। ‘भिटीएम अभाव भई स्वाव संकलन रोकिदा क्वारेन्टाइन रहेका नागरिक लामो समय सम्म बस्न बाध्य भएका छन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘त्यसैले क्वारेण्टाईन केन्द्रित भएर स्वाव संकलन थालिने छ।’

प्रदेश सरकारसँग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन। सेती अस्पताल संग भिटीएम अभाव भएपछि स्थानीय तहले भिटीएमको जोहो गर्दै क्वारेण्टा ईनमा रहेका नागरिकको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा पठाएका थिए। ६ दिनको अवधीमा सुदूरपश्चिम प्रदेशबाट दुई हजार बढी स्वाव संकलनका नमूना काठमाण्डौं पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय