खरिपाटी क्वारेन्टाइनमा रहेका ७ महिलामा संक्रमण पुष्टि

कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला रहेका छन्।

संक्रमण पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन्।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएका १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय