भारतमा चार लाख नाघ्यो संक्रमित संख्या
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
गएको २४ घण्टामा भारतमा करिव १६ हजार नयाँ संक्रमित थपिएका हुन्।
वर्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १५ हजार नौ सय १५ जनामा संक्रण पुष्टि भयो भने तीन सय सात जनाको ज्यान गयो।
भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार दुई सय ७७ पुगेको छ। भारत संक्रमितको संख्या चार लाख ११ हजार सात सय २७ पुगेको छ।