शिशुलाई कोरोना संक्रमण हुँदा आइसोलेनमा स्याहार्दै आमा

कास्कीमा शनिबार २ जनामा कोरोना पुष्टि भयो। मादी गाउँपालिकाका १९ महिने शिशु र ४१ वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको हो। दुवै संक्रमितलाई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेनमा भर्ना गरिएको छ।

१९ महिने संक्रमित शिशुको स्याहारसुसारका लागि आमालाई पनि आइसोलेसनमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए। ‘कोरोना नेगेटिभ भएपनि आमालाई नजाउन भन्न मिलेन। संक्रमित २ र शिशुको आमा आइसोलेसनमा भर्ना हुनुभयो,’ उनले भने।

४१ वर्षे संक्रमित भारतबाट १९ दिन पहिले गाउँ फर्किएका हुन्। १९ महिने शिशुको भने कुनै ट्राभल हिस्ट्री छैन। शिशुका बुवाआमाको पिसिआर रिपोर्ट भने नेगेटिभ छ। १६ दिन पहिले गाउँ फर्किएका संक्रमित शिशुका बुवा कोरोना नेगेटिभ आएपछि घर फर्किएका छन्। शनिबार कोरोना संक्रमण पुष्टि भएका दुवै मादी–९ का हुन्।

मादी गाउँपालिकाले १२ वटै वडामा क्वारेन्टाइन बनाएको छ। ती क्वारेन्टइनमा अहिले १९ जना बसिरहेको अधिकृत सापकोटाले जानकारी दिए। कास्कीका २ संक्रमितबाहेक गण्डकी प्रदेशमा शनिबार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दी र स्याङ्जामा १र१ जनामा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितमध्ये बागलुङका १ संक्रमित महिला हुन् भने बाँकी ५६ संक्रमित पुरुष हुन्।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ। गण्डकीका मुस्ताङवाहेक १० जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय