गण्डकीमा थपिए १६ संक्रमित

गण्डकी प्रदेशका ४ जिल्लामा १६ कोरोना संत्रमित थपिएका छन्। आइतबार बिहान बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नगरपालिकाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका २ महिला, १ पुरुष र मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो।

तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुष र पर्वतको कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। सबै संक्रमितलाई सम्बन्धित जिल्लाहरूमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले बताए।

आइतबार बिहान थप भएकासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको छ। गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएका छन्। संक्रमितमध्ये वालिङका ५८ वर्षे पुरुषको भने मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय