कोरोना जितेका चितवनका चिकित्सक भन्छन्– मिडिया हल्लाको होडले झन् तनाव बढाएको थियो

आइसोलेसनमै बसेर स्वस्थ बनेका नारायणी सामुदायिक अस्पतालका डाक्टर किशोर गौतमले कोरोनाबारे सामाजिक सन्जाल र कतिपय मिडियाले अनावश्यक भ्रम फैलाएको अनुभूति व्यक्त गरेका छन्।

कोरोना भाइरसको संक्रमणदेखि मुक्त हुँदासम्मको समयमा गरेका अनुभूति सेयर गर्दै उनले हेल्थपोस्ट नेपालसँग आइसोलेसनमा बस्दा नै कोरोना लडाइँ जित्न डरको महामारी निर्मूल गर्नसके काम लाग्ने बताए।

‘संक्रमणको खबर पाउँदा सुरुमा विश्वास नै लागेन। विस्तारै स्विकारें। त्यसबीच परिवार र आफन्तमा पनि संक्रमण भयो कि भन्ने विषयले बढी तनाव झेल्नुपर्यो,’ उनले सुनाए।

जेठ २६ गते। दिनको १ बजे, नारायणी अस्पतालमा बिरामी जाँच्दै थिएँ। मलाई सँगै काम गर्ने डाक्टर साथीले कोरोना लागेको खबर सुनाउनुभयो। सुरुमा त विश्वासै लागेन। त्यो बेला म नियमित जस्तै बिरामीकै सेवामा थिएँ। संक्रमण भएको विश्वास नलागे पनि सूचना पाउनासाथ ओपिडी छाडेर आफू बस्दै आएको फ्ल्याटको आइसोलेसनमा गएँ।

‘बिरामीको सेवामा तल्लिन हुँदा नै मलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले म पूर्ण रूपमा संक्रमणमुक्त भएको छु,’ डा. गौतमले भने, ‘सुरुमा मलाई न कुनै लक्षण थियो न त अहिले नै छ।’

उनले कोरोनाबारे भ्रम चिर्न आफूले दुई हप्ता आइसोलेसनमा बस्दा भोगेको अनुभव आम मानिसमा सेयर गर्न चाहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।

डा. गौतमको अनुभूति जस्ताको तस्तैः

जेठ २६ गते। दिनको १ बजे, नारायणी अस्पतालमा बिरामी जाँच्दै थिएँ। मलाई सँगै काम गर्ने डाक्टर साथीले कोरोना लागेको खबर सुनाउनुभयो। सुरुमा त विश्वासै लागेन। त्यो बेला म नियमित जस्तै बिरामीकै सेवामा थिएँ। संक्रमण भएको विश्वास नलागे पनि सूचना पाउनासाथ ओपिडी छाडेर आफू बस्दै आएको फ्ल्याटको आइसोलेसनमा गएँ।

यसबीचमा मलाई धेरै फोन आयो। स्वास्थ्य मन्त्रालयले बेलुका ४ बजे गर्ने नियमित पत्रकार सम्मेलनमा आउने होला भनेर टिभी हेरिरहेको थिएँ।

त्यो ३ घण्टाको अवधिमा मनमा धेरै कुरा खेलिरहे। कोरोना संक्रमण साँच्चै रहेछ भने के गर्ने?, कहाँ गएर बस्ने? मेरो परिवारलाई पनि संक्रमण भयो भने के गर्ने?

मैले यस अवधिमा कसैको पनि फोन उठाइनँ । कोरोना लागेको नहोस्, परिवारलाई केही नहोस् भनेर भगवान्सँग प्राथना गरेँ।

त्यतिबेलासम्म पनि परिवारको कुनै पनि सदस्यलाई यसबारे भनेको थिइनँ। तर, मिडियामा यस्तो हल्ला भइसकेको रहेछ। आधिकारिक सूचना पाएपछि मैले परिवारका सदस्यलाई यो कुरा जानकारी गराएँ। सबै जनालाई घरभित्रै बस्न र बाहिर ननिस्कन सल्लाह दिएँ।

म बिहान ७ बजे उठ्थें। यस्तो अवस्थामा धेरै आरामको जरुरत हुने भएकाले कम्तीमा ८ घण्टा सुत्ने गर्दथें। बिहान उठ्नेबित्तिकै घरपरिवारलाई फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदथें। त्यसपछि कम्तीमा १ घण्टा योग गर्दथें। बिहानको नास्तापछि आफन्त, साथीभाइलाई फोन र म्यासेज गर्दथें। त्यस्तै बिरामीले विभिन्न माध्यमबाट पठाउनुभएको आफ्नो रोगसम्बन्धी समस्यालाई फोन वा म्यासेजको माध्यमबाट काउन्सिलिङ गर्दथें।

त्यसपछि पनि लगातार विभिन्न ठाउँबाट मलाई फोन आइरह्यो। अत्यावश्यक फोन मात्र उठाएँ। मिडियामा पनि निकै ठूलो होडबाजी देखियो।

‘नारायणी सामुदायिक अस्पतालका चिकित्सकलाई कारोना देखियो’, ‘खैरहनी घर भएका चिकित्सक’, ‘खैरहनीमा खतराको घण्टी’, ‘खैरहनी सिल गरियो’ । यी, यस्तै त्रासदीपूर्ण शीर्षकमा। म पनि छक्क परेँ। कोरोनाले हाम्रो समाजमा कति धेरै भ्रम फैलाएको रहेछ र त्यसमा हाम्रा सोसल मिडियाहरूको प्रमुख भूमिका रहेछ। मैले त्यो अनुभव गरें।

यस्तै समाचारहरू आइरहे। म कत्ति पनि विचलित भइनँ। तर एउटा कुरा मनमा आइरह्यो। सोसल मिडियाले भ्रम फैलाएर आम जनमानसलाई अनि पूरै समाजलाई त्रसित गराउनुको सट्टा जनचेतना जगाउने काम गरे, यो कोरानाको युद्ध सजिलै हट्थ्यो होला।

यसबीच अर्को कुरा पनि मनमा आयो। यदि मैले कोरोनाको लडाइँ जित्न सकें भने पक्कै पनि कोरोनाको डरको महामारीलाई निर्मूल गर्ने काम गर्दछु। तिनै सोसल मिडियाबाट।

त्यो दिन मलाई मेरो घरपरिवारको निकै याद आयो। विशेषगरी मेरी आमा जसले तीन वर्षअघि मात्रै कोलोन क्यान्सरको लडाइँ जित्नुभएको थियो अनि मेरी श्रीमती र मेरो दुई वर्ष पनि नपुगेको छोराका साथै मेरा सबै परिवार, आफन्त र इष्टमित्रको।

घरपरिवार पनि अर्को समस्यामा थियो। प्रशासनले मेरो घरपरिवारलाई पनि बाहिर ननिस्कन अनुरोध गरेको थियो। उनीहरूसँग फोनबाट नै हाम्रो नियमित सम्पर्क हुन्थ्यो। मेरो अवस्था सामान्य रहेको र अहिलेसम्म कुनै लक्षण नदेखिएको जानकारी गराउँदै नआत्तिन सबैजना घरमै बस्न र बाहिर ननिस्कन भन्थें।

मनमा केही त्रास हुन्थ्यो। चिकित्सक भए पनि कुनै लक्षण नहुँदा रिपोर्ट पोजेटिभ छैन होला भन्ने मनमा लागिरहन्थ्यो। तर, पिसिआर परीक्षण भएपछि मैले सहर्ष स्विकार्नुको विकल्प थिएन। उठ्नेबित्तिकै घरमा फोन गरेर आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाले चिन्ता नलिन आग्रह गरें। त्यसपछि मैले सोचें कि अब यसबाट भयभित भएर होइन सामना गरेर यस युद्धलाई मैले जित्नु छ र फेरि बिरामीकै सेवामा म फर्किनु छ।

म बिहान ७ बजे उठ्थें। यस्तो अवस्थामा धेरै आरामको जरुरत हुने भएकाले कम्तीमा ८ घण्टा सुत्ने गर्दथें। बिहान उठ्नेबित्तिकै घरपरिवारलाई फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदथें। त्यसपछि कम्तीमा १ घण्टा योग गर्दथें।

आइसोलेसनको दिनचर्या

म बिहान ७ बजे उठ्थें। यस्तो अवस्थामा धेरै आरामको जरुरत हुने भएकाले कम्तीमा ८ घण्टा सुत्ने गर्दथें। बिहान उठ्नेबित्तिकै घरपरिवारलाई फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदथें। त्यसपछि कम्तीमा १ घण्टा योग गर्दथें। बिहानको नास्तापछि आफन्त, साथीभाइलाई फोन र म्यासेज गर्दथें। त्यस्तै बिरामीले विभिन्न माध्यमबाट पठाउनुभएको आफ्नो रोगसम्बन्धी समस्यालाई फोन वा म्यासेजको माध्यमबाट काउन्सिलिङ गर्दथें।

बिहान ११ बजेको खानापछि उपन्यास पढ्ने र गीतसंगीत सुन्दथें। यसबीचमा बिरामीले फोन गरेमा फोनबाट नै सल्लाह सुझाव पनि दिने गर्दथें। बीचबीचमा प्रशस्त मात्रमा तातोपानी विशेष गरेर कागती पानी पिउँथें। त्यसैगरी फलफूल खाने गर्दथें। पूर्ण रूपमा स्वस्थ रहनका लागि सन्तुलित खाना खानुपर्दछ। बेलुकी ८ बजेको खानापछि पुनः फोन गरेर आफ्नो परिवार, आफन्त र साथीभाइलाई आफ्नो स्वास्थ्यबारेमा जानकारी गराउँथें र राति ११ बजे म सुत्ने गर्दथें।

संक्रमण देखिएको १०औं दिन जुन मेरा लागि महत्त्वपूर्ण थियो। त्यस दिन मेरो पुनः पिसिआर परीक्षण हुँदै थियो। मनमा केही डर अवश्य थियो कि परीक्षणको नतिजा के आउला भनेर। तर, त्योभन्दा पनि महत्त्वपूर्ण कुरा मेरो परिवारको रिपोर्ट के आउँछ भन्ने थियो। हामी सबैको रिपोर्ट नेगेटिभ आयो, जुन हाम्रा लागि निकै खुसीको क्षण थियो।

अन्तमा कोरोना संक्रमित व्यक्ति र उसको परिवारलाई हाम्रो समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु अत्यन्तै जरुरी छ। यस्तो अवस्थामा सके भौतिक सहयोग गर्ने, नसके कम्तीमा इमोसनल सपोर्ट गरेमा बिरामीको मनोबल बढ्दछ। जसले गर्दा एउटा सकारात्मक सोचाइ बढ्न गए यसलाई सजिलै जित्न सकिन्छ।

(डा. गौतम नारायणी सामुदायिक अस्पताल, चितवनका फिजिसियन हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय