शिक्षासेवी अंगुरबाबा जोशीको ८८ वर्षको उमेरमा निधन

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७७ असार ६ गते १८:१५

शिक्षासेवी अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा शनिबार निधन भएको हो।

जोशी क्याम्पस प्रमुख भएर सेवा दिने पहिलो नेपाली महिला हुन्। शिक्षासेवी जोशी लामो समयदेखि पेट, फोक्सो र मुटुको समस्याबाट ग्रसित थिइन्।

अध्ययनका लागि बेलायत गएकी जोशीले अध्ययनका पूरा गरेर फर्किएपछि वि.सं. २०१९ सालमा पद्मकन्या क्याम्पसको प्रमुखको जिम्मेवारी सुरू गरिन्।

दुई दशकसम्म पद्म कन्या क्याम्पसमा सेवा गरेकी जोशी १२ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारीमा थिइन्। काठमाडौंको बागबजारकी स्थायी बासिन्दा जोशीको परिवार शिक्षित थियो।

उनको पालामा छोरी अर्कैको घर जाने जात भनेर पढाउने चलन थिएन। अलि सम्पन्न परिवारका छोरीलाई मात्रै पढ्ने सुबिधा थियो।

जोशी आफ्ना भाइहरूले पढेको हेरेर बस्थिन्। र, सबैका आँखा छलेर किताब पढेर बस्थिन्। संयोगवश, एकदिन शिक्षकले उनका भाइहरूलाई प्रश्न गरे। भाइहरूले शिक्षकले सोधेको प्रश्नको जवाफ दिन सकेनन्।

अलिपरबाटै अंगुरबाबाले प्रश्नको जवाफ दिएकी थिइन्। ‘संयोगवंश मैले दिएको जवाफ आमाले सुन्नु भएछ,’ जोशीले एक अन्तरवार्तामा भनेकी छिन्, ‘त्यही दिनदेखि मैले पढ्न पाएँ।’

१० वर्षको उमेरमै विवाह गरेकी जोशीले सन् १९४८ मा श्रीमान्सँगै एसएलसी पास गरिन्। उनले सरस्वती सदनमा मानविकी संकायबाट आइए पूरा गरिन्।

भारतकको बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्र र संस्कृत विषयमा स्नातक गरिन्। एमए को–एडुकेसनबाट गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय