नेपालमा ८ हजार ६०५ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार थप ३३१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यो सँगै नेपालमा कोरोना संक्रमण ८ हजार ६ सय ५ जनामा देखिएको छ । जसमध्ये ७५६ महिला र ७ हजार ८ सय ४९ मा संक्रमण पुष्टि भएको छ।

हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। आज १७६ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।

हालसम्म १ हजार ५ सय ७८ संक्रमण मुक्त भएर घर फकिएका छन् । जसमध्ये १४१ जना महिला र १ हजार ४३७ जना पुरुष रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय