प्रदेश २ मा थप ३४ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको चार जिल्लामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा महोत्तरीको २४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। संक्रमण पुष्टि भएकाहरु जिल्लाको मटिहानी र गौशाला क्वारेन्टाइनमा रहेको उनले बताए।

यसैगरी सर्लाहीमा २ जनामा कोरोना संक्रमित थपिएका छन्। सर्लाहीको चक्करघटी गाउँपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको झाले जानकारी दिएका छन्।

रौतहटको राजपुर नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका सबैजना क्वारेन्टाइनमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताएका छन्।

यता बाराको तीन जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टाइनका तीन जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

पछिल्लो २४ घण्टामा ११७ जनासहित हालसम्म ८५७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भइसकेको झाले जानकारी दिए। शनिबार ३४ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८२४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय