वर्षाका कारण जलमग्न देउखुरी

हेल्थपोस्ट/दाङ
प्रकाशित
२०७७ असार ६ गते १६:११

 

गएरातीदेखि निरन्तर परेको बर्षाका कारण देउखुरी जलमग्न भएको छ। निरन्तरणको बर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढेपछि स्थानीय त्रसित बनेका छन्।

देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका विभिन्न स्थानहरू जलमग्न बनेका छन्। राप्ती नदीमा पानीको बहाव बढेपछि देउखुरीको लमही–गढवा सडकखण्ड अवरुद्ध भएको छ ।

गढवा गाउँपालिका–६ गढवामा रहेको गाउँपालिकाको कार्यालयमा समेत पानी पसेको छ। पानी पसे पनि क्षेती भने भएको छैन। त्यस्तै देउखुरीमा दंगालीछाप खोला र क्रिकवा खोलामा पानी बढ्दा बोधीपुरमा एक घरमा क्षेती गरेको छ भने बोधीपुर, तकियापुर र धर्मपुर जोखिममा परेका छन्।

राप्ती नदिले थुन्दा खोलाहरूमा पानीको सतह बढेपछि स्थानीयहरू त्रसिद बनेका छन्। बर्षादको समयमा प्रत्येक बर्ष देउखुरी क्षेत्र डुबानमा पर्ने गरेको छ। लगातार बर्षका कारण देउखुरीका केही स्थानमा पानीको बहाव बढेपनि कुनै प्रकारको क्षेती नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेकाले सतर्क रहनसमेत सबैलाई आग्रह गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय