क्वारेन्टाइनबाट घर गएका ११ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टाइनबाट घर फर्केका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१४ दिन क्वारेण्टाइनमा बसेर एक साता अघि घर पठाइएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको कन्ट्याक्ट ड्रेसिङ भइरहेको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए। नयाँ संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा शुक्रबार गरिएको परिक्षणमा घोडाघोडीकै २० जनामा कोरोना पुष्टि भएको थियो। उनीहरू पनि १० दिनअघि क्वारेन्टाइनबाट घर फर्केका थिए।

नगरपालिकाले आइसोलेशनमा रहेका ७० जनाको स्वाब संकलन गरी पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय