कोहलपुरमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

हेल्थपोस्ट/बाँके
प्रकाशित
२०७७ असार ६ गते १४:३८

बाँकेको कोहलपुरमा शनिबार बिहानै एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। कोहलपुर ११ को न्यूरोड चोक नजिकैको प्रतिक्षालयमा पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ। उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।

स्थानीयका अनुसार उनी केही समयदेखि सोही क्षेत्रमा नै मागेर हिड्ने गरेका थिए। कोहलपुर प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय