ब्राजिलमा एकैदिन ५४ हजार कोरोना संक्रमित थपिए

ब्राजिलमा दश लाख बढीलाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी कोरोना संक्रमणका कारण ४९ हजार बढीको मृत्यु भइसकेको छ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार जारी गरेको प्रेस बक्तव्यमा एकै दिन ५४ हजार ७७१ मा कोरोना संक्रमण देखिएपछि देशभर कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ।

ब्राजिलका सहरहरू पुन: खुल्न थालिएपछि संक्रमणदर बढ्न थालेको हो। कोरोना भाइरसको संक्रमण र मृत्युदरमा बजिल अमेरिकापछि दोस्रो नम्बरमा रहेको छ।

कोरोनाबाट सबैभन्दाबढी प्रभावित तथा मृतक र संक्रमण संख्याको आधारमा एक नम्बरमा अमेरिकामा एक लाख २२ हजार ४ सयबढीको मृत्यु भइसकेको छ भने करिब २३ लाखमा कोरोना संक्रमण देखिएको छ।

ब्राजिलमा रहेका संक्रमितमध्ये ५ लाख २० हजार ३ सय ६० जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने संत्रलमितमध्ये ८ हजार ३ सय १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। ब्राजिलमा अहिलेसम्म २४ लाखबढीको स्वास्थ्य परीक्षण गरिएको छ।

ब्राजिलमा गत फेब्रुअरी २६ मा पहिलो संक्रमण पुष्टि भएको थियो। ब्राजिलका राष्ट्रपति जेर बोलसनरोले शुरुवाती दिनमा यसलाई सामान्य फ्लू भएकाले देशवासीलाई नआत्तिन आग्रह गरेका थिए। उनले ब्राजिलियनले यस्ता भाइरस सजिलै पचाउनसक्ने अभिव्यक्तिसमेत दिएका थिए।

गत मार्च २६ को प्रेस कन्फ्रेन्समा उनले पुन: ब्राजिलियनको रोगप्रतिरोधात्मक क्षमता बढी भएको दोर्होयाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय