‘नेपालमा ३० हजार कोरोना संक्रमित हुनसक्छन्’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ३० हजार हाराहारीमा कोरोना संक्रमित हुनसक्ने नयाँ प्रक्षेपण गरेको छ।
उक्त प्रक्षेपण बमोजिम स्वास्थ्य सेवा विभागले सामाग्रीहरू खरिदको प्रक्रिया अघि बढाएको विभागका निर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ३० हजार हाराहारीमा संक्रमित हुनसक्ने बताउँदै आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताए। आइतबारसम्म ३० हजार संक्रमितका लागि कसरी स्रोत जुटाउने भन्ने रणनीतिका साथ अगाडि बढ्ने उनले बताए।
मन्त्रलायले पहिलो चरणमा ५ हजार, दोस्रो चरणमा १५ संक्रमित हुने प्रक्षेपण गरेको थियो भने शनिबार गरेको तेस्रो चरणमा ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो।