जनस्तरदेखि सरकारसम्म पुग्यो मेची अभियान

आपदसँगै रहने र अप्ठ्यारोमा साथ दिने लक्ष्यसाथ ५ वर्षअघि सुरू भएको मेची अभियानले कोरोना संक्रमण न्यूनीकरणका लागि जनस्तरदेखि प्रदेश सरकारसम्मलाई सहयोग गर्न भ्याएको छ।

भारतको पश्चिम बंगाल र बिहार राज्यका विभिन्न स्थान, पूर्वीनाकामा अलपत्र परेकाको उद्धार, भारतीय भूमिमा खाली पेट सडकमा बस्न बाध्यलाई खाद्यान्न, काँकडभिट्टा, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खाद्यान्न उपलब्ध गराउने, खाना खुवाउने काम गरेर दु:खको भरपर्दो सहयोगी बनेको छ मेची अभियान।

अभियानले सयौंको उद्दार गरेको छ। काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँमा रहेका विद्यार्थीलाई नि:शुल्क घर ल्याएको छ। सबै देशका सुरक्षाकर्मी र प्रशासनसँग समन्वय गरेर भारतका विभिन्न ठाउँमा रहेका नेपालीलाई अभियानले घरसम्म पठाएको छ।

कोरोना कहरसँग जुधेर काम गरिरहेको अभियानले खाद्यान्नसँगै स्वास्थ्य सामग्री वितरणमा पनि फड्को मारेको छ। जनस्तरदेखि सरकारसम्म आफ्नो सहयोगी हात फैलाएको अभियानले प्रदेश-१ सरकारलाई एक सय थान व्यक्तिगत सुरक्षा कवच (पिपिई) हस्तान्तरण गरेको अभियान संयोजक विजय डालमियाले बताए।

उनका अनुसार अभियानमार्फत विराटनगर महानगरपालिकालाई ५०, जिल्ला प्रहरी कार्यालयलाई ३०, एपिएफलाई १०, इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई १०, मेचीनगर नगरपालिकालाई १० र ताप्लेजुङ प्रहरीलाई ५ थान पिपिइ उपलब्ध गराएको छ।

पहिलो चरणमा अभियानले विभिन्न संघसंस्था र व्यक्तिलाई एक हजार ७ सय ३० मास्कसमेत उपलब्ध गराएको छ। दोस्रो र तेस्रो चरणमा झापाका १२ पालिकालाई ८ सय थान भिटिएम, ६० थान पिपिइ १२ सय थान मास्क र १२ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको संयोजक डालमियाले बताए ।

मेचीनगरलाई २ सय थान भिटिएम र बुद्धशान्तिलाई एक सय थान भिटिएम, ५ थान पिपिइ, एक सय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ।

दोस्रो चरणमा ८ र तेस्रो चरणमा ४ पालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। दोस्रो चरणमा भद्रपुर र गौरादह नगरपालिका, कचनकवच, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०/५० थान भिटिएम, ५/५ थान पिपिइ, एक सय पिस एन९५ मास्क, १ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ।

तेस्रो चरणमा अर्जुनधारा र शिवसताक्षी नगरपालिका तथा हल्दीबारी र कमल गाउँपालिकालाई ५०/५० थान भिटिएम , ५/५ पाँच थान पिपिइ, एक सय पिस एन९५ मास्क, १ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा अभियानका परिकल्पनाकार विश्वप्रकाश शर्मा पुगेका थिए । शर्माले अधिकांश पालिकामा बनाइएका क्वारेन्टाइनको अवलोकन गरी जानकारी लिएका छन् ।

बिर्तामोड, दमक र कन्काई नगरपालिकाको अवस्था हेरेर सहयोग गरिने संयोजक डालमियाले बताए । ठूलो परिमाणमा रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधीसमेत उपलब्ध गराएको अभियानले जिल्लाका विभिन्न स्थानमा निसंक्रमण टनेल समेत बनाएर धेरैको मन जितेको छ।

हालसम्म कसैसँग पनि चन्दा संकलन नगरेको अभियानमा जुटेकाहरू बताउँछन् । स्वेच्छिक सहयोगमार्फत जम्मा भएको रकमबाट काम गर्न सम्भाव भएको अभियानका संयोजक डालमियाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय