कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार ८१३ पुग्यो

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या चार लाख ६१ हजार ८१३ पुगेको छ। यस्तै पछिल्लो तथ्याङ्क अनुसार हालसम्म विश्वका ८७ लाख ५० हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनालाई परास्त गरेर घर फर्किनेको संख्या पनि ४६ लाख २० हजार ३५५ जना रहेको छ।

अहिले विश्वमा अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित बनेको छ। अमेरिकामा एक लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ भने २२ लाख ९६ हजार ७९१ जना संक्रमित फेला परेका छन्।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ४९ हजार ९ जनाको मृत्यु भइसकेको छ भने १० लाख ३८ हजार ५६८ जना संक्रमित भेटिएको पुष्टि भएको छ।

यस्तै, इटलीमा ३४ हजार ५६१, स्पेनमा २८ हजार ३१५, फ्रान्समा २९ हजार ६१७, इरानमा ९ हजार ३९२, बेल्जीयममा ९ हजार ६९५, जर्मनीमा ८ हजार ९६०, नेदरल्याण्डमा ६ हजार ८१, टर्कीमा ४ हजार ९०५, स्वीजरल्याण्डमा १ हजार ९५६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुक र दुई पानी जहाजमा कोरोना संक्रमण फैलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय