क्वारेन्टाइन र आइसोलेशनबारे प्रशासनको ध्यानाकर्षण

बाँके जिल्लाका विभिन्न स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेशन वार्डलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनको ध्यानाकषर्ण गराइएको छ। सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्टसम्मिलित टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई शुक्रबार ध्यानाकषर्ण पत्र प्रदान गरेका छन्।

केही दिनअघि रेडियो कृष्णसार एफ एममा प्रशारित मानवअधिकार रेडियो बहस कार्यक्रममा सो विषयमा भएको संम्बादमा क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापनका लागि सरोकारवाला निकायले पहल गर्ने प्रतिबद्धता गरेका थिए। स्थानीय तहले नेपाल सरकारको मापदण्ड अनुसार क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापन नगरेको विषयमा सोको सुधार तथा कार्यान्वयनका लागि प्रतिबद्धता गरिएको थियो।

सो प्रतिबद्धता कार्यन्वयनका लागि आवश्यक भुमिका निर्वाह गर्न सो ध्यानाकषर्ण पत्र बुझाइएको हो। ध्यानाकर्षण पत्र बुझदै प्रजिअ कुरुम्बाङ्गले सो विषयमा गम्भीर भई यो विषयमा तत्काल पहल गर्न आस्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय