राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। अत्यावश्यक सेवाबाहेका अन्य सबै आवतजावतमा रोक लगाइएको हो।

लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड–२०७७ जारी गरेर सरकारले पैदलयात्रु र सवारीसाधनका माध्यमबाट हुने हिँडडुलमा राति १० बजेदेखि बिहान ५ बजेसम्म रोक लगाएको हो।

गृह मन्त्रालयले सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयलाई नयाँ मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

गृह मन्त्रालयले कोभिड–१९ को प्रकोपविरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’लाई पनि कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

गृह मन्त्रालयले मापदण्ड उल्लंघन गरेको पाइएमा अत्यावश्यक सेवा ऐन २०१४, संक्रामक रोग रोकथाम तथा नियन्त्रण ऐन २०२०, मुलुकी अपराधसंहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ र सरकारले जारी गरेका अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

विवाह, व्रतबन्ध र मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक गतिविधिमा पनि कडाइ गरिएको छ। गृह मन्त्रालयले यस्ता कार्यमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान समेटेर सुरक्षा मापदण्ड तयार पारेको छ।

सुरक्षा मापदण्डमा सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्व उल्लेख गरिएको छ। आवश्यकता अनुसार मोडालिटी बनाउन पनि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय