नेपाली दूतावासको ‘अनुरोध’ मा कुवेत-काठमाडौं उद्धार उडान स्थगित
नेपाल वायुसेवा निगमको कुवेत–काठमाडौं सेक्टरका लागि तय गरिएको उद्धार उडान स्थगित भएको छ।
नेपाल वायुसेवा निगमले विज्ञप्तिमार्फत् कुवेतस्थित नेपाली राजदूतावासको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि उद्धार उडान स्थगित गरिएको हो।
‘यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधा प्रति निगम दुःख व्यक्त गर्दछ,’ नेपाल वायुसेवा निगमले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।