गाउँपालिकाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रशासकीय प्रमुखको ध्यानाकर्षण

दार्चुलाको मार्मा गाउँपालिकामा स्वास्थ्य सेवाको अवस्था नाजुक बनेको भन्दै गाउँपालिकाका स्वास्थ्य चौकि प्रमुखहरले गाउँपालिकाको ध्यान आकर्षण गराएका छन्।

गाउँपालिकाको दिन प्रतिदिन नाजुक अवस्थाबाट गुज्रिरहेको भन्दै सुधारका लागि गर्न स्वास्थ्य चौकी प्रमुखहरुले आज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमा रानालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कोरोना भाइरसको महामारीका बेला स्वास्थ्य शाखाले जिम्मेबारी र भूमिका निर्वाह गर्न नसकेको भन्द नेपालको संविधान अनुसार गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको मौलिक तथा नैसर्गिक भए पनि गाउँपालिकाको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको भन्दै स्वास्थ्य चौकि प्रमुखहरुले प्रशासकिय अधिकृत रामबहादुर रानालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

कोरोनाको विषम परिस्थितिमा काम गर्न नसकेको र संकटकालिन घडीमा मार्माली जनतामा फैलिएको डर, त्रास र नैराश्यता एवं भ्रमलाई हटाई स्वास्थ्य क्षेत्रको मर्यादा र साख जोगाई राख्न नसकेको भन्दै उनीहरुले अधिकृत रानालाई १५ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ।

स्वास्थ्य चौकी प्रमुखहरुले स्वास्थ्य संयोजकले संयोजनकारी भुमिका निर्वाह गर्न नसकेकोले वैकल्पिक व्यवस्था गरिनु पर्ने, शैक्षिक योग्यता, क्षमता र लोक सेवा प्रक्रियाको कदर हुनुपर्ने, कर्मचारी समायोजन ऐन अनुसार स्वास्थ्य सेवाका कर्मचारीहरुको पदस्थापना नभएको हुँदा आर्थिक वर्ष २०७७÷०७८ श्रावण देखि लागु हुनेगरी पदस्थापना सच्याइनु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

यस्तै कोरोना भाईरसको रोकथाम, उपचार र व्यवस्थापनमा खटिएका कर्मचारीहरुको सुरक्षाका साथै नियमानुसार पाउनु पर्ने जोखिम भत्ता तत्काल उपलब्ध गर्नुपर्ने, क्वारेन्टिनहरुलाई भौतिक र प्राविधिक रुपमा व्यवस्थापन गर्नु पर्ने, मार्मा गाउँपालिका द्धारा संचालित कार्यक्रम ‘सफा आमा स्वच्छ बच्चा’ कार्यक्रमको प्रभावकारिता बढाउन देखिएका समस्याहरु तत्काल सम्बोधन गर्नुपर्ने लगायतका मागहरु स्वास्थ्य चौकिका प्रमुखले राखेका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय