एकैदिन २१६ जना संक्रमणमुक्त, डिस्चार्ज संख्या १४०२ पुग्यो

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार ५ गते १७:१३

शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना महिला र २ सय ७ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्।

जसमध्ये गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२, मोरङका ९, सुनसरीका १५ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

कोसी कोभिड अस्पतालबाट झापाका ४ पुरुष , सङखुवासभाका २ पुरुष, मोरङका १ महिला र १ पुरुष रहेका छन् । आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ पुरुष डिस्चार्ज भएका हुन् ।

मन्त्रालयका अनुसार अल्पमाई नर्सिङ सेन्टरबाट ४ महिला, ३५ पुरुष, कोभिड १९ सप्तरीबाट धनुषाका १ महिला, ३७ पुरुष रहेका छन्। त्यसैगरी,धररी स्कुल रौतहटबाट १ महिला, २९ पुरुष, जलेश्वर अस्पतालबाट ४ पुरुष, साई इन्ना सप्तरीबाट १३ पुरुष र प्रादेशिक अस्पताल सुर्खेतबाट २ महिना र १ पुरुष डिस्चार्ज भएका हुन्।

योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्। नेपालमा बिहीबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय