कर्णालीमा थप ९ जनामा संक्रमण पुष्टि, कुल संख्या १२३३

हेल्थपाेस्ट/सुर्खेत
प्रकाशित
२०७७ असार ५ गते १६:४५

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने मानिसको संख्या बढेसँगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

शुक्रबार सुर्खेतका ६, दैलेखका २ र जाजरकोटका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

हालसम्म पुष्टि भएको संख्या १ हजार २ सय ३३ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुनेमा सुर्खेत भेरीगंगा नगरपालिकाका ६ जना छन् ।
दैलेखको भैरवी गाउँपालिकाका २ र जाजरकोट छेडागाडका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितको पिसिआर परीक्षण प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको थियो ।

कुन जिल्लामा कति संक्रमित
हालसम्मको १२३३ मध्ये जिल्लागत संख्यामा दैलेख ७२४, सुर्खेत २७७, सल्यान १३७, कालिकोट ४२, जुम्ला २४, जाजरकोट ९, मुगु २, हुम्ला १, डोल्पा १ र अन्य प्रदेशका १६ जना रहेका छन् ।

रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय