आज ४२६ जनामा कोरोना संक्रमण, २१६ जना अस्पतालबाट डिस्चार्ज

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो।  शुक्रबार संक्रमित देखिएको मध्ये ३३८ पुरुष र ८८ महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ८ हजार २ सय ७४ जना पुगेका छन । जसमध्ये ७ हजार ५ सय ६७ पुरुष र ७ सय ७ महिला रहेका छन्।

हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

आज २१६ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । जसमध्ये ९ जना महिला र २०७ जना पुरुष रहेका छन्। हालसम्म १ हजार ४ सय ०२ संक्रमण मुक्त भएर घर फकिएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या २२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय