डडेल्धुरामा थपिए ६ संक्रमित

डडेलधरमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा आज मात्रै डडेलधराका ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय डडेलधुराका कोरोना फोकल पर्सन हरी भट्टले बताए।

नयाँ थपिएका संक्रमित मध्य परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना रहेका उनले बताए। नयाँ संक्रमति थपिएसँगै डडेलधुरामा संक्रमितको संख्या कुल संख्या १ सय २८ पुगेको छ।

उनका अनुसार डडेलधुराका विभिन्न क्वारेण्टाइनबाट संकलन गरिएको ८ सय १५ स्वावको नतिजा भने हालसम्म आउन सकेको छैन। हालसम्म जिल्लाबाट एक हजार ६ सय ७ वटा स्वाब संकलन गरिएकोमा ७ सय ८६ जनाको नतिजा मात्रै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय