झापाका १३ पालिकालाई मेची अभियानले दियो स्वास्थ्य सामग्री

मेची अभियान
प्रकाशित
२०७७ असार ५ गते १४:२१

मेची अभियानले झापाका १३ पालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

अभियानका संयोजक विजय डालमियाका अनुसार पालिकाका प्रमुख तथा उपप्रमुखलाई ति सामाग्री हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामनमा ५०/५० थान भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), ५/५ थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ), एक/एक कार्टुन सेनिटाइजर एक/एक सय मास्क छन्।

उनका अनुसार पहिलो चरणमा ९ र दोस्रो चरणमा चार पालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम,पाँच थान पिपिई, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ।

मेचीनगर नगरपालिकालाई १५० थान भिटिएम, पाँच थान पिपिइ, एकसय पिस एन ९५ माक्स, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको हो।

त्यसैगरी भद्रपुर, शिवसताक्षी, गौरादह, अर्जुअनधारा नगरपालिका, कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज, कमल, हल्दीबारी गाउँपालिका प्रत्येकलाई ५०/५० थान, पाँच/पाँच थान पिपिइ, एकसय पिस एन ९५ माक्स, १ कार्टुन सेनिटाइजर उपलब्ध गराइएको हो।

बिर्तामोड, दमक र कनकाई नगरपालिकाको अवस्था हेरेर सहयोग गरिने संयोजक डालमियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय