७४ वर्षीय क्यान्सरपीडित वृद्ध र ७३ वर्षीया श्रीमतीले जिते कोरोना

चितवनको भरतपुर अस्पतालमा उपचाररत ७४ वर्षीय क्यान्सर पीडितले कोरोना जितेका छन्। भरतपुर महानगरपालिका-६ का ६४ वर्षीय वृद्धले कोरोना जितेका हुन्। उनीसँगै कोरोना पुष्टि भएकी ७३ वर्षीया श्रीमती संक्रमण जितेकी छन् ।

बिहीबार गरिएको परीक्षणमा उनीहरू दुवैको रिपोर्ट नेगेटिभ आएपछि भरतपुर अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो। उनीहरूको जेठ ८ गतेबाट उपचार थालिएको थियो। करिब एक महिना उपचारपछि उनीहरूले कोरोनालाई परास्त गरेका हुन्।

वृद्ध अवस्थामा क्यान्सर रोगको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा उनीहरू संक्रमित बनेका थिए। उनीहरूका छोरामा पनि संक्रमण देखिएको थियो।

संक्रमित वृद्धवृद्धाको भरतपुर अस्पतालमा उपचार भएको हो भने छोराको कोरोना विशेष अस्पतालमा उपचार भएर घर फर्किसकेका छन्। कोरोना जितेर घर फर्किने वृद्ध दम्पतीले क्रममा उनले आफ्नो उच्च मनोबल र स्वास्थ्यकर्मीको मायाले कारोनालाई परास्त गर्न सम्भव भएको बताएका थिए।

‘क्यान्सरसँग जुध्दै आएको थिएँ। कोरोनासँग पनि संघर्ष गर्नुपर्यो। कोरानालाई परास्त गर्न सकेकोमा खुसी महसुस भएको छ’, वृद्धले भने, ‘यसको श्रेय डाक्टर तथा स्वास्थ्यकर्मीलाई जान्छ।’ उनले कोरोना संक्रमण हुँदैमा आत्तिन नहुने बताए।

वृद्ध उमेर र क्यान्सर रोग भए पनि उनको आत्मबल उच्च रहेकाले रोग परास्त गर्न सफल भएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए। दुईजना डिस्चार्ज भएपछि अब भरतपुर अस्पतालमा २७ जना संक्रमित उपचारत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय