झापामा चार महिलामा कोरोना संक्रमण

झापामा चार जनामा कोरोना संक्रमण देखिएको छ।

पछिल्लो पटक हल्दिबारी गाउँपालिका १ र ३ का चार महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। कतारबाट आएका ३० वर्षीया दुई महिला स्थानीय स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिकामा एक महिलामा कोरोना संक्रमण पुष्टि थियो।

शिवसताक्षी नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी ति महिला अहिले उपचाररत छिन्। त्यसअघि गौरादह नगरपालिका- ९ बैगुनधुराकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो। उनी पनि क्वारेन्टाइनमा नै बसेकी थिइन्। उनीहरू दुवैजना भारतबाट आएका हुन्।

हालसम्म झापाका १८२ जना संक्रमित भएका छन्। जसमध्ये १२२ जना निको भएर घर फर्किएका छन्। पछिल्लोपटक हिजो मात्रै १२ जना घर फर्किएका छन्। घर फर्किनेमा कचनकवलका ११ र भद्रपुरका एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय