गण्डकीमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल पर्वतका ५ स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालको अत्यावश्यकबाहेकको सबै सेवा बन्द गरिएको छ। स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि इमर्जेन्सीबाहेक अरु सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परक्षिणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोेजेटिभ देखिएको उनले बताए। गण्डकी प्रदेशमा योसहित कोरोना संक्रमितको संख्या ३ सय ३५ पुगेको छ। आज बिहान गण्डकीका ४ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय