भारतमा २४ घण्टामा १३ हजार संक्रमित थपिए


भारतमा दिनहुँ तिब्र गतिमा कोरोना फैलिरहेको छ। पछिल्लो २४ घण्टामामा मात्रै १३ हजारभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८२६ जना संक्रमित थपिएका बताइएको छ।

अनलक्ड–१ मा गएपछि भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको बिबिसीले जनाएको छ। पछिल्लो २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ।

भारतमा रेल सेवा सुरु भएसँगै कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको छ। भारतमा हालसम्म ३ लाख ६६ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १२ हजार २३७ संक्रमितको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय