गण्डकी प्रदेशका ४ जिल्लामा थपिए २४ कोरोना संक्रमित

गण्डकी प्रदेशभर थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १४, कास्कीमा ६, स्याङ्जा र नवलपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाका २, बागलुङको गलकोट नगरपालिकाका ८, काठखोला गाउँपालिकाका ६, कास्कीको पोखरा महानगरपालिकाका ५ र रुपा गाउँपालिकाका १ तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १ जना छन्। स्याङ्जाका अर्का संक्रमितको भने ठेगाना खुलेको छैन।

आज थपिने संक्रमितमा २० पुरुष र ४ महिला रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुगेको छ। गण्डकीमा संक्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय