सामुदायिक क्वारेन्टाइन- घरकै खाना, घरकै ओछ्यान

रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक र नगरस्तरिय गरि दुई प्रकारको क्वारेन्टाइन सन्चालन गरिएको जनाएको छ।

नगरपालिकाले जनतालाई घरबाट पायक पर्नेगरी सामुदायिक क्वारेन्टाइन संचालन गरेको हो । नगरपालिकामा एक वटा नगरस्तरीय क्वारेन्टाइन समेत संचालन छ।

दुई वडालाई पायक पर्नेगरी सामुदायिक क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ। सैनामैनाका प्रशासकिय अधिकृत टेकराज पन्थी नगरमा समुदायिक स्तरका ५ वटा क्वारेन्टाइन छ भने १ वटा नगरस्तरीय क्वारेन्टाइन छन्।

उनका अनुसार सामुदायिक क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले बिहान साँझको खाना घरकै खाने गरेका छन् भने सुत्नका लागि विस्तारा पनि घरकै व्यक्तिले व्यवस्थापन गरेका छन्।

खानाका लागि घरकाले प्याकेटमा ल्याइ छाड्ने गर्दछन्। यसले एकातिर स्थानीय सरकारको खर्चमा कमी आएको छ भने अर्कोतिर क्वारेन्टाइनमा बस्नेहरुले घरकै खाना र घरकै बिस्तारमा सुत्न पाएका छन्।

उनीहरुलाई चिया, खाजा, तातो चिसो पानी, वाईफाई र स्वास्थ्य जाँचको सेवा नगरपालिको दिएको छ। नगरस्तरीय क्वारेन्टाइनमा भने सबै खर्च नगरपालिकाले व्यवस्थापन गरेको छ।

नगरस्तरिय क्वारेन्टाइनमा आइसोलेसन सेन्टरको रुपमा स्तरउन्नती गर्न लागिएको नगरपालिकाले जनाएको छ।

पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा नगरस्तरिय क्वारेन्टाइनको रुपमा संचालनमा छ ।

नगरस्तरिय क्वारेन्टिन निर्माणमा ३८ लाख ९ हजार ४ सय ३८ रुपैया तथा पाच वटा सामुदायिक क्वारेन्टिन निर्माणमा ३४ लाख १६ हजार ९ सय २२ रुपैया खर्च भएको नगरपालिको जनाएको छ।

सैनामैना परोहा परमेश्वर मावि, परोहा बहुमुखी, सहिद नारायण पोखरेल रामापुर क्याम्पस, जनचेतना मावि, पशुपति माविमा निर्माण भएको छ।

सैनामैनामा पिसिआर जाँचका लागि भिटिएम खरिद समेत गरिएको छ। भारतबाट स्वदेश फर्किने संख्या बढेसंगै क्वारेन्टिन बनाउने कामलाई तिव्रता दिइएको छ। क्वारेन्टाइनबाट ६१० जनाले सेवा लिएका छन्।

जसमध्ये ५ सय ३९ जना पुरुष र ७१ जना महिला रहेका छन्। चेकजाँच गरि ५३ महिला र ३ सय ६२ पुरुष घर फर्किएका छन्।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले समुदायमा कोरोना संक्रमण रोक्न आफुहरु अहिलेसम्म सफल भएको बताए। नगरका १ सय १७ वटा टोललाई विपद ब्यवस्थापन समितिमार्फत क्रियाशिल गरेर काम गरिरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय