नेपालमा संक्रमणको गति : हजार पुग्न ३ महिना, २२ दिनमै साढे सात हजारभन्दा बढी

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइसकेको थियो। छिमेकी देश भारतमा संक्रमणको ग्राफ उकालो चढ्दै थियो।
तर, त्यस हिसाबमा नेपाल भने सुरक्षित थियो।

भारतमा कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा जारी गरेको लकडाउनले पनि सुरुआती दिनमा कोरोना फैलिनबाट धेरै राहत पुग्यो।

भारतमा पनि लकडाउन जारी भएकाले त्यसबीच लुकिछिपी चोरबाटो प्रयोग गर्दै स्वदेश आउनेहरूले नेपालमा जोखिम थपेको आँकलन हुन थालेको थियो।

त्यही बीच कोरोना ‘हटस्पट’ का रूपमा उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के बन्यो। जहाँ नेपालमै पहिलो पटक एकैठाउँमा १२ जना संक्रमित भेटिए।

जसरी भुल्केले त्रासको भुल्का उठायो। त्यसैगरी सामसुम पनि भयो। अहिले त्यहाँको जनजीवन सामान्य छ।

र, यसले सबैलाई झस्काइदियो। पछि संक्रमितको संख्या भुल्केमा २८ पुग्यो।

त्यतिबेला यसलाई नेपालको वुहान नै भनियो। क्रमिक रूपमा त्यहाँ संक्रमित संख्या बढ्दै गयो। र, अहिले भुल्केमा देखिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।

जसरी भुल्केले त्रासको भुल्का उठायो। त्यसैगरी सामसुम पनि भयो। अहिले त्यहाँको जनजीवन सामान्य छ।

त्यसपछि नेपालगन्जको नरैनापुर कोरोनाको हटस्पट बन्यो। नरैनापुरको एउटै वडामा २३ जनामा एकैपल्ट कोरोना देखिएपछि सबैको ध्यान त्यतै खिचियो।

त्यहाँ पनि विस्तारै सयौंको संख्यामा संक्रमित फेला परे। एक युवाको त ज्यानै गयो। अहिले नरैनापुर पनि शान्त बन्दै गएको छ।

यी घटना क्रम हुँदासम्म देशका अन्य भागमा त्यति त्रास फैलिएको थिएन। सुदूरपश्चिममा देखिएका सबै संक्रमितले कोरोना जितिसकेका थिए।

भारतसँग सीमा नाका जोडिएको र भारतीय बजारमा बढी निर्भर हुने प्रदेश २ लाई पनि उच्च जोखिमको दृष्टिले हेरिएको थियो । सुरुआती दिनमा त्यति जोखिम नदेखिए पनि भारतमा रेल सञ्चालन भएपछि त्यहाँको अवस्था पनि भयावह बन्न पुग्यो । केन्द्र सरकारसँग वैचारिक मतभेद रहँदा प्रदेश सरकारले आफ्नो तयारी बलियो बनाउन सकेको थिएन । कोरोना संक्रमितको आक्रोशले कहीं चिकित्सकमाथि प्रहार भयो त कतै आन्दोलन हुँदा प्रहरीले गोली नै चलाउनुप-यो ।

तयारीमा चुकेको सरकार

लकडाउनको सुरुआती दिनमा तीनै तहका सरकारलाई तयारी गर्ने ठूलो समय थियो। तर, सरकार यसमा चुक्यो। अवस्थित रूपमा सीमा क्षेत्रबाट नागरिक भित्रिन थालेपछि संक्रमण बढ्न थालेको हो ।

लामो समयसम्म कोरोना कहर हुँदा भारतमा रहेका नेपाली आक्रान्त भइरहेका थिए। उनीहरू बेरोजगार हुँदा खल्ती रित्तिँदै गएको थियो । विस्तारै भारतले नेपाली नागरिकलाई सीमा क्षेत्रमा ल्याएर छोड्न थाल्यो। त्यसरी आउने नागरिकलाई अव्यवस्थित रुपमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालियो।

जहाँ सरकारले नागरिकको समयमै स्वास्थ्य परीक्षण गर्न सक्यो, न त सुरक्षित नै राख्न। त्यसैबाट जोखिम बढ्न थालेको थियो।

यसै बीचमा भारतले रेलसेवा सुरु गर्यो । त्यहाँ हजारौंको संख्यामा नेपालीहरू स्वदेश भित्रिन थाले। जसलाई स्थानीय पालिकाहरूले थेग्नै सकेनन्।

र, अहिले कोरोना संक्रमित संख्या थेग्नै नसक्ने गरी बढ्दो छ। प्रयोगशालाहरूमा स्वाबको थुप्रो लागेको छ।

परीक्षण गर्नसक्ने अवस्था नै नरहेको भन्दै सुदूरपश्चिम सरकारले त दुई पटक स्वाब संकलन नै रोकिसकेको अवस्था छ।

भारतले रेलसेवा सुरु गर्यो । त्यहाँ हजारौंको संख्यामा नेपालीहरू स्वदेश भित्रिन थाले। जसलाई स्थानीय पालिकाहरूले थेग्नै सकेनन्।

अहिले पनि सुदूरपश्चिममा तीन दिनयता स्वाब संकलन हुन सकेको छैन।

यस्तो अवस्थामा परीक्षणको दायरा निकै फराकिलो हुनुपर्नेमा संकलित स्वाबको परीक्षण हुनै हप्तौं लाग्ने अवस्था छ।

यदि कुनै व्यक्तिमा संक्रमण छ भने रिपोर्ट आउन्जेलसम्म त ऊ निकै धेरै व्यक्तिको सम्पर्कमा पुगिसकेको हुनेछ।

समुदायस्तरमै फैलिसक्यो कोरोना

सरकारले थेग्न सक्ने अवस्थामा त थेग्न सकेन। अब धेरै आस गर्न सकिने ठाउँ छैन।

देशका सबै प्रदेशमा कोरोनाको रापले पोलिरहेको अवस्थामा कर्णाली भने सुरक्षित थियो। तर, अहिले कर्णाली हटस्पट बनेको छ। त्यहाँ पनि हटस्पट बन्नुको कारण हो, बेलैमा सम्भावित जोखिमको आँकलन गर्न नसक्नु।

प्रदेश सरकारले हाम्रो तयारी राम्रो छ भन्दै संक्रमण नदेखिँदा छाती फुलाइरहेको थियो। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले हेल्थपोस्टसँगको कुराकानीमै पनि आफूहरूको तयारी बलियो रहेको बताएका थिए।

तर, जब प्रदेशमा कोरोना संक्रमित देखिए। उनीहरूको कमजोर तयारी छरपस्ट भएको छ। अहिले त त्यहाँ समुदाय स्तरमै संक्रमित भेटिन थालेका छन्। केही दिनअगाडि सुर्खेतका एक विद्यार्थी नै कोरोना पोजेटिभ भेटिएको थियो।

उनी भारतबाट आएका व्यक्ति होइनन् भने गाउँमा पनि कसैको सम्पर्कमा पुगेका थिएनन्। उनी कर्णालीको समुदायस्तरको पहिलो कोरोना संक्रमित व्यक्ति हुन्।

दोस्रो पटक कर्णाली प्रदेशको प्रदेश अस्पताल कालागाउँमा उपचार गराउन आएका तीन व्यक्तिमा एकै पटक कोरोना पोजेटिभ देखियो।

यी त प्रतिनिधि घटना मात्रै हुन्। यिनले प्रदेशको तयारीको पूर्ण चित्रण गरिरहेका छन्। अहिले सिंगो प्रदेश कोरोनाको हटस्पट बन्दा प्रदेश सरकारहरू निरीह जस्तै बनेको छ।

अब कुरा गरौं प्रदेश ५ को

प्रदेश ५ पनि कोरोनाको हटस्पट नै हो। कर्णालीको प्रवेशद्वार पनि त्यही हो।

भारतबाट आउने मानिस पश्चिम नेपालको सबैभन्दा ठूलो रुपैडिया नाका पनि त्यही प्रदेशमा छ। जुन नाका भएर हजारौंको संख्यामा नेपालीहरू भित्रिइरहेका छन्।

त्यसैले पनि प्रदेश ५ कोरोनाको उच्च जोखिममा थियो। र, जसको प्रभाव त्यहाँ प्रत्यक्ष देखिएको छ।

सुदूरको अवस्था पनि उस्तै

सुदूरपश्चिममा पनि संक्रमणको अवस्था भयावह बनिसकेको छ। गाउँ–गाउँमा संक्रमण पुगिसकेको छ।

क्वारेन्टाइनमा ठाउँ नै छैन। अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमणको अखडाजस्तै बनेका छन्। राम्रो व्यवस्थापन हुन नसक्दा महिलाहरू क्वारेन्टाइभित्र बलात्कृत हुन थालेका छन्।

कोरोना समुदायस्तरमै पुगिसकेको छ। तीन जनाको त कैलालीमा मात्रै कोरोनाबाट ज्यान गएको छ। शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भयो।

कैलालीको लम्कीचुहा नगरपालिकाकी ३४ वर्षीया महिलाको मंगलबार कोरोनाका कारण मृत्यु भएको छ। कोरोनाका कारण धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको पनि मृत्यु भएको थियो। यसरी हेर्दा सुदूरपश्चिममा संक्रमणको अवस्था भयावह बन्दैछ।

हजारबाट साढे ७ हजार पुगेको २२ दिन

माघ ९ गते नेपालमा पहिलो पटक एकजनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता जेठ १५ सम्म कोरोना संक्रमण अवस्था भयावह थिएन। नियन्त्रण उन्मुख नै थियो। तर, जेठ १५ देखि असार ३ गतेसम्म २१ दिनको तथ्यांक हेर्दा निकै भयावह अवस्था देखिएको छ। २१ दिनमा ६ हजार संक्रमित थपिएका छन्। जुन भयावह अवस्था हो।

यस्तो छ २१ दिनको तथ्यांक

यसरी देशमा कोरोना कहर दिनहुँ बढ्दो छ। अहिले पनि परीक्षणको दायरा बढाएर प्रत्येक व्यक्तिले सजगता नअपनाए यसको संक्रमण अझै फैलिने पक्का छ।

यस्तो भन्छन् विज्ञ

दैनिक रूपमा संक्रमण ४ सयबढीको हाराहारीमा नेपालमा संक्रमण बढ्दो छ। बढ्लो क्रम हेर्दा तीन करोड नेपालीलाई पर्याप्त रूपमा असर गर्ने विज्ञहरूको ठहर छ।

चीन, अमेरिका, भारत जस्तो देशमा पनि संक्रमणको सुरुआत नेपालकै जसरी भएकाले सुरुदेखि नै विज्ञले सजगता अपनाउन भनेका थिए।

हाल दैनिक रूपमा बढिरहेको संक्रमणले भयावहको संकेत गरिरहेको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

उनका अनुसार कोरोनाबाट बच्ने सबैभन्दा ठूलो हतियार सतर्कता भएपनि नेपालमा त्यो हुन सकेको छैन। सरकारले लकडाउन खुकुलो बनाएसँगै भीडभाड बढिरहेको छ।

संक्रमणको उच्च जोखिम भइराख्दा पनि विभिन्न निकाय, व्यक्ति तथा स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तिमा नेपालमा मृत्युदर कम रहेकाले पनि यसले ठूलो जोखिम निम्त्याउनेतर्फ डाक्टर अनिल चिन्तित छन्।

नेपालीमा धेरै लक्षण देखिएको छैन। संक्रमण हुँदैन । मृत्युदर कम हुनुमा इम्युनिटी पावर बलियो रहेको भ्रम अझै छ जस्ता भ्रममा नपर्न उनको सुझाव छ।

नेपालमा हालसम्म संक्रमणले युवावर्गको मृत्यु भएको छ। उमेर समूहमा हेर्दा ६० वर्षमुनिका ९९ प्रतिशतका मानिसको मृत्यु भएको देखिन्छ। यो अवस्थालाई हेरेर पनि थप सजग हुनुपर्ने उनको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय