दाङमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

दाङमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। घोराही उपमहानगरपालिका–२ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र रामपुरमा कार्यरत घोराही उपमहानगरपालिका– १६ का ३२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।

दाङमा योसँगै स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या आठ पुगेको छ । देउखुरीको गढवा गाउँपालिकाको क्वारेन्टाइनमा कार्यरत दुई जना स्वास्थ्यकर्मी भने कोरोना मुक्त भएर घर फर्किएका छन्। केही दिन पहिले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएपछि उनको स्वाब जाँच गर्दा नेगेटिभ देखिएको थियो।

तर उनी थप शंका लागेपछि नारायणपुरस्थित आइसोलेसनमा बसेका थिए। आज पुन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा पोजेटिभ आएको हो । उनीसँगै अन्य चार जनाको गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएको छ।

योसँगै घोराही उपमहानगरपालिकाका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। तीन पुरुष र २ महिला अहिले नारायणपुर आइसोलेसनमा भर्ना भएका छन्। उपमहानगरका रामपुर शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र, वडा नम्बर ४ को स्वास्थ्य चौकी लक्ष्मीपुर र वडा नम्बर ३ को कार्यालयलाई सिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय